रोल्पा–रोल्पाको लुङ्ग्री गाउँपालिका–३ जुतुङखोलामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
सोमबार बेलुका आशिर्वाद यातायात प्रा।लिको बा १ ख ५५२१ नम्वरको बस दुर्घटना हुँदा लुङ्ग्री गाउँपालिका वडा नं. ३ जुतुङ निवासी ११ महिने बालक नितेश विक र स्वर्गद्वारी नगरपालिका वडा नं। ५ सारी निवासी २४ वर्षीय बसका चालक नवराज आलेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
उक्त दुर्घटनामा परि थप २३ जना यात्रु घाइते भएका छन् । त्यसमध्य २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। बसमा ३० यात्रु सवार थिए।
बालकको घटनास्थलमै र आलेको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।
सुलिचौरबाट लुङ्ग्री गाउँपालिकाको जुतुङखोला जाँदै गरेको बस उकालोमा दुर्घटना हुँदा ५० मिटर तल खसेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
