Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौंका अवैध भट्टीमा प्रहरीले छापा मार्दा हजारौं लिटर मदिरा बरामद


  • बिहिबार, पुष १९ २०७५

  • काठमाडौंका अवैध भट्टीमा प्रहरीले छापा मार्दा हजारौं लिटर मदिरा बरामद

    काठमाडौं – अवैध मदिरा उत्पादन गर्ने भट्टीहरूमा महानगरीय प्रहरी वृत्त बौद्धले आज छापा मारी हजारौँ लिटर मदिरा नष्ट गरेको छ । अवैध मदिरा उत्पादन तथा विक्री वितरणले समाजमा विभिन्न किसिमका दुर्घटना र अराजक गतिविधि निम्त्याउने गरेको भन्दै प्रहरीले त्यस्ता गतिविधि नियन्त्रण गर्न अवैध मदिरा नष्ट गरेको हो ।

    प्रहरीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती र काठमाडौँ महानगरपालिका–६ नागेश्वरगल्लीमा रहेका मदिरा उत्पादन तथा विक्री वितरण गर्ने भट्टीहरूमा छापा मारेको बौद्धका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । छापा मार्ने क्रममा अवैध मदिरा उत्पादन गर्न राखिएका कच्चा पदार्थ र एकहजार लिटर भन्दा बढी मदिरा नष्ट गरेको चन्दले जानकारी दिए ।

    प्रहरीले नियन्त्रणमा लिएको घरेलु मदिरा विशालु र हानिकारक रहेको समेत बताएको छ । । प्रहरीले स्थानीय जनप्रतिनिधि र विभिन्न सङ्घसंस्था र पत्रकारको रोहवरमा छापा मार्दै नियन्त्रणमा लिएको मदिरा नष्ट गरेको हो । यसअघि पनि वृत्तले आफ्नो क्षेत्रमा पर्ने विभिन्न स्थानहरूमा पटक पटक छापा मार्दै हजारौँ लिटर मदिरा बरामद गरी नष्ट गरेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij