बुटवल–बुटवल उपमहानगरपालिकाका वडासचिव घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले वडानम्बर १३ का सचिव भरत काउचालाई सेवाग्राहीबाट ५ हजार घुस लिंदै गर्दा रंगेहात पक्राउ गरेको हो ।
बुटवल उपमहानगरपालिका गेट अगाडिको एक रेष्टुरेन्टमा उनले रकम लिँदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ ।
काउचाले पञ्जीकरण जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद र बसाइँ सराइ जस्ता व्यक्तिगत घटनाको दर्तामा सेवाग्राहीसँग घुस लिएको बताइएको छ ।
एक दशकदेखि बुटवल उपमाहनगरपालिका बिभिन्न शाखामा बसेर काम गरेका काउचा पछिल्लो समय बडानम्बर १३ को सचिवका रुपमा कार्यरत थिए ।
अख्तियारको टोलीले काउचालाई पक्राउ गरी उनको पसल सिल गर्न लागेको प्रहरीले जनाएको छ । काउचाको बुटवल हाटबजारमा पसलसमेत रहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
