Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दाङमा निर्मलाको निम्ति न्याय माग्दै प्रदर्शनमा प्रहरीको लाठीचार्जसँगै पाँचजना पक्राउ


  • बुधबार, मंसिर १९ २०७५

  • दाङमा निर्मलाको निम्ति न्याय माग्दै प्रदर्शनमा प्रहरीको लाठीचार्जसँगै पाँचजना पक्राउ

    दाङ – कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको न्यायको लागि प्रदर्शन भइरहेको बेला दाङमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
    प्रहरीले दाङको घोरहीमा बलात्कारपछि हत्या गरिएकी पन्तका हत्यारा पत्ता लगाई कारबाहीको मागसहित निर्मलाको पोष्टर टाँस्दै हिँडेका पाँच जनालाई पक्राउ गरेको हो ।
    पोष्टर टाँस्ने अभियन्ता समिर ओलीलगायतहरुमाथि प्रहरीले लाठी चार्ज गर्दै पक्राउ गरेको हो । अभियन्ता ओली भन्छन्, ‘बुधबार दिउँसो पोस्टर टाँसिरहेको समूहमाथि प्रहरीले लाठीचार्ज गरेको हो ।’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij