Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बुढीगण्डकी बाढी : हाल सम्मको क्षति विवरण यस्तो छ


  • आइतबार, असोज २५ २०८३

  • बुढीगण्डकी बाढी : हाल सम्मको क्षति विवरण यस्तो छ

    गोरखा बुढीगण्डकी बाढी थप अपडेट: पुल र घर बगायो, १८ जनाको उद्धार

    असोज २५ गते बिहान ५:३० बजे जिल्ला गोरखा चुमनुब्री गाउँपालिका-६, लोक्पा र चुम्लिङको बीचमा रहेको सिरिङ्गे हिमालमा हिमपहिरो गई स्थानीय उइनगुलुङ खोला थुनिएपछि बुढीगण्डकी नदीमा ठूलो बाढी आएको छ । बाढीले विभिन्न स्थानमा घर, झोलुङ्गे पुल तथा मोटरेबल पुलमा क्षति पुर्‍याएको छ भने १८ जना नेपाली नागरिकलाई सुरक्षित स्थानमा उद्धार गरिएको छ ।
    हिमपहिरोका कारण नदीमा बाढी आएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिर्दिबासबाट र प्रहरी चौकी चुनचेतबाट प्रहरी टोली परिचालन गरिएको थियो । नदी तटीय क्षेत्रमा रहेका प्रहरी युनिट तथा स्थानीयलाई सतर्क गराइएको थियो ।
    बिहान ०६:१५ बजेदेखि नदी थुनिएको स्थानबाट पानी बग्न सुरु भई ठूलो बाढी आएको थियो । नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरीक्षक अनिल श्रेष्ठको कमान्डमा २५ जनाको टोली खटिएको थियो ।
    बाढीबाट भएको क्षतिको विवरण
    १. चुमनुब्री गाउँपालिका-३, न्याकचेत: न्याकचेतदेखि सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ ।
    २. चुमनुब्री गाउँपालिका-३, सिर्दिबास: स्थानीय रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको र अर्को घरमा बाढी पसेको छ ।
    ३. धार्चे गाउँपालिका-५, माछिखोला: माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बगाएको छ ।
    ४. धार्चे गाउँपालिका-५, माछिखोला: तल्लो बस्तीका ५/७ वटा घर र ५/७ वटा टहरामा बाढी पसेको छ ।
    ५. चुमनुब्री गाउँपालिका-३, सल्लेरी: २०/२२ वटा घर जोखिममा परेका छन् ।
    ६. आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीस्थित स्थान: फलामे मोटरेबल पक्की पुल बगाएको छ ।
    ७. चुमनुब्री गाउँपालिका-३, सल्लेरी: निर्माणाधीन सहज ऊर्जा पावर हाउस तथा आसपासका ७/८ वटा घर बगाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij