काठमाडौ – नेपाली कांग्रेसका युवा नेता श्यामकृष्ण खड्गीले नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताएका छन । खङ्गीले राष्ट्रपुकारसंग भने – म सभापतिमा लड्ने निश्चित भएको छ, थप रणनितिका लागी साथीहरूसंग छलफल गरिरहेको छु । नेविसंघको पृष्ठभूमिबाट राजनिति थालेका उनी काठमाडौं क्षेत्र नं ६ मा दुई कार्यकाल सभापति रहे । लामो समय शिक्षण पेशा अंगालेका खङ्गी कांग्रेसका लोकप्रिय युवा नेता हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
