आर के त्रिपाठी
डा.शेखर कोइरालाले विराटनगरस्थित ‘कोइराला निवास’ मर्मतका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ बजेट अस्वीकार गरेका छन्।
राज्यको सीमित स्रोत र साधन अभाव,वञ्चना र कष्टमा रहेका आम नागरिकको उत्थानमा खर्च हुनुपर्ने भन्दै डा. कोइरालाले उक्त रकम नैतिक रूपमा स्वीकार गर्न नसकिने बताएका हुन् ।
उनले बीपी कोइरालाले जीवनभर नेपालीको गाँस,वास र कपासका लागि संघर्ष गरेको स्मरण गर्दै राज्यले विपन्न नागरिकको पक्षमा काम गर्नु नै बिपी र कोइराला निवासप्रति सच्चा श्रद्धाञ्जली र न्याय हुने उल्लेख गरेका छन् ।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई पत्र लेख्दै डा.शेखर कोइरालाले राज्यको सीमित स्रोत र साधन अभाव,वञ्चना र कष्टमा रहेका आम नागरिकको उत्थानमा खर्च हुनुपर्ने भन्दै उक्त रकम नैतिक रूपमा स्वीकार गर्न नसकिने बताएका हुन्।
व्यक्तिगत चरम लोभ,जसरी पनि राज्य लुट्ने र बढी धन जोड्ने चरम इच्छा भएकाहरु,भ्रष्टाचार गरि अकुत धन संपत्ति आर्जन गर्न चाहने र त्यसरी कमाएको धन संपत्तीको प्रभावमा आफूलाई उच्च कोटिको ठानिरहने,सत्तामा टिकी रहन चाहने,निशेधको राजनिती गर्न चाहने र अझै अवैध तरिकाले संपती कमाउन लिप्त भई समाज र राजनितीलाई सदैब मुठ्ठीमा राख्न चाहने राजनितिज्ञहरुले डा शेखर कोइरालाको स्वच्छ,सादगी र सरल जिवनबाट प्रेरणा लिनु/ मेरा लागि डा शेखर कोइराला सदैब उच्च आदर्श मध्यमार्गी नेता/
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
