काठमाडौं – बागमति प्रदेश सरकारका मुख्यमन्त्री इन्द्र बाँनिया र अर्थमन्त्री प्रशान्त तामाङले आगामी आर्थिक वर्षको बजेटमा मनपरी गरे पछि कांग्रेस नेतृत्व समेत उनीहरूसंग रुष्ट बनेको छ ।
संसद्मा वजेट प्रस्तुत भए पछि आक्रोशित बनेका १९ जना सांसदले सभापति गगन थापालाई भेटेर विरोध जनाएका थिए । सांसदहरुको कुरा सुनिसके पछि सभापति थापाले आफुले नभने सम्म प्रदेश सभा बैठकमै नजान भने । थापाकै निर्देशन पछि सांसद्हरू बैठकमा गएनन् । शुक्रवार वजेट पास गराउँने तयारीमा रहेका मुख्यमन्त्री अकस्मात काठमाडौं पुगे । उनले कांग्रेस उपसभापति विश्वप्रकाश शर्मालाई भेटेर फर्किए ।
मुख्य मन्त्री बाँनिया, अर्थमन्त्री तामाङ र खानेपानी मन्त्री कृष्ण तामाङले बजेटमा सबैभन्दा बढी चलखेल गरेका छन । उनीहरुले बजेटमा एकलौटी गरे पछि विपक्षी नेपाली कम्युनिष्ट पार्टी मात्र होइन, सत्ता सहयात्री नेकपा एमाले र सरकारको नेतृत्व गर्ने दल कांग्रेस सांसदहरू समेत सरकारसंग रुष्ट बनेका छन ।
मुख्यमन्त्री बाँनिया र दुई मन्त्रीले सिङ्गो प्रदेशको बजेट कब्जा गरे पछि कांग्रेसक १९ सांसदले कांग्रेस सभापति थापालाई लिखित असहमति बुझाउँदै बजेट पास गर्न नसकिने प्रष्ट पारेका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशको विक्रिति देखाउँदै संघिय ता नै खारेज गर्ने बहस चलाइरहेका वेला सोहि कुरालाई बल पुग्ने गरी बजेट मुख्यमन्त्री बाँनियाले कब्जा गरे पछि सभापति थापा थप आक्रोशित बनेका हुन । उनी बाँनियालाई मुख्यमन्त्रीबाटै हटाउँने तह सम्म पुग्ने देखिएको बताइन्छ ।
६६ अर्व ९० करोडको वजेटमा करिव १५ अर्व मुख्यमन्त्री र दुई मन्त्रीले मनोमानी ढंगले विनियोजन गरेको भन्दै सांसदहरू सरकारसंग आक्रोशित छन । आफ्ना नजिकका र आफ्नो क्षेत्रमा मात्रै वजेट लैजाने र अन्य क्षत्रमा बजेटै नजाने अवस्था सृजना भए पछि सांसदहरु सरकार विरुद्ध संगठित बनेका हुन ।
यो पनि :
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
