काठमाडौं, असार ३० । नेपालस्थित पाकिस्तान दूतावासले पाकिस्तान–नेपाल एलुम्नी नेटवर्क (पीएनएएन) को सहकार्यमा नागार्जुन नगरपालिका–४ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
शिविरमा पाकिस्तानबाट चिकित्सा शिक्षा हासिल गरेका चिकित्सकहरूले १०० भन्दा बढी स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण गरेका थिए। आवश्यक औषधि निःशुल्क वितरण गर्नुका साथै केही बिरामीलाई थप उपचारका लागि विशेषज्ञ अस्पतालमा सिफारिस गरिएको थियो।
कार्यक्रममा नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारी, वडा नं. ४ का अध्यक्ष लक्ष्मीराम शर्मा, पीएनएएनका अध्यक्ष डा. दीपक मिश्र लगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले स्वास्थ्य सेवा पहुँच विस्तारमा शिविर उपयोगी भएको बताएका छन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
