काठमाडौं । नेपाली क्रिकेटका स्टाट खेलाडी लेगस्पीनर सन्दीप लामिछानेले विश्व किर्तिमान बनाएका छ्न । अष्ट्रेलियन बलर मिचेल स्टार्कको कीर्तिमान तोडदै उनले ओडीआई क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट बलरको कीर्तिमान बनाएका हुन् ।
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डविरुद्ध २ विकेट लिए र उनले ७३ खेलमै १५० विकेट लिएर उक्त कीर्तिमान बनाएका हुन् । यसअघि स्टार्कले ७७ खेलमा १५० विकेट लिएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
