काठमाडौं – शसस्त्र प्रहरी बलको महानिरिक्षकमा नारायण दत्त पौडेल नियुक्त भएका छन । मन्त्रीपरिषद बैठकले पौडेललाई महानिरिक्षक पदमा नियुक्त गरेको हो । मन्त्रीपरिषदको थप निर्णय यस्तो छ ।
मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
मिति: २०८३ वैशाख १४
१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरिएको छ। यस सम्बन्धी आधिकारिक सूचना नेपाल राजपत्रमा प्रकाशन गरिनेछ।
२. अर्थ मन्त्रालय
बैठकले ‘भन्सार नियमावली, २०८३’ लाई स्वीकृत गर्ने निर्णय गरिएको छ।
३. गृह मन्त्रालय
सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी महानिरीक्षक (IGP) पदमा सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (AIG) श्री नारायणदत्त पौडेललाई बढुवा नियुक्ति गर्ने निर्णय गरिएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
