काठमाडौं। मध्यपूर्व क्षेत्रमा तनाव चर्किँदै गएको छ। इजरायलले इरानका केही सैन्य तथा रणनीतिक ठेगानामाथि लक्षित आक्रमण गरेको जनाएको छ। इजरायली अधिकारीहरूले यसलाई आत्मरक्षाका लागि गरिएको कदम बताएका छन्।
इरानी पक्षले भने राजधानी तेहरान आसपासका क्षेत्रमा क्षति पुगेको र केही संरचनामा असर परेको पुष्टि गरेको छ। घटनापछि इजरायलको तेल अभिभ सहित विभिन्न सहरमा सुरक्षा सतर्कता बढाइएको छ।
यस आक्रमणपछि दुवै देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ भने अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आग्रह गरेको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
