Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रहरी अपरेशन पछि ‘सेल्टर’ खोज्दै काठमाडौंका ‘डन’ हरु


  • शनिबार, साउन १७ २०८२

  • प्रहरी अपरेशन पछि ‘सेल्टर’ खोज्दै काठमाडौंका ‘डन’ हरु

    काठमाडौं – प्रहरीले काठमाडौं उपत्यकामा गण्डागर्दी गर्नेहरु विरुद्ध अभियान चलाए पछि साना तथा ठूला डनहरुको भागाभाग भएको छ । उनीहरु यतिवेला सुरक्षित सेल्टरको खोजी गर्दै प्रहरीको नजरबाट लुक्ने प्रयासमा छन । विभिन्न व्यक्ति तथा व्यापारिक प्रतिष्ठानमा धम्क्याई रकम असुली गर्ने र आतंक सृजना गर्दै आएका डनहरु विरुद्ध प्रहरीले चलाएको अपरेशनमा केहि पक्राउ परे पछि अरुले सुरक्षित ठाँउ खोजेका हुन ।

    प्रहरीले चक्रे मिलन भनिने मिलन गुरुङलाई पक्राउ गरेको छ । एउटा होटलमा जन्मदिन मनाएको भिडियो सामाजिक सञ्जालमा देखिए पछि प्रहरीले उनी सहित ४७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । चक्रे सहित केहिलाई मुद्धा चलाउँने तयारी प्रहरीको छ । त्यसो त केहि समय देखि नै प्रहरीले उनी सहित अन्य गुण्डाहरुलाई निगरानी बढाउँदै लगेको थियो । प्रहरीको उपत्यका प्रमुख टेक बहादुर तामाङले केहि समय पहिला मातहतका युनिटलाई निगरानी बढाउँन निर्देशन दिएका थिए ।

    ठमेल क्षेत्रमा गुण्डागर्दी गर्ने ‘सानुभाइ’ भनिने युवराज गुरुङलाई प्रहरीले बुधबार राति ठमेलबाट पक्राउ गरेको छ । उनी संगै अन्य केहि गुण्डा पनि प्रहरी नियन्त्रणमा पुगेका छन । गुरुङसहित नुवाकोट, सूर्यगढी नगरपालिका-२ का ३० वर्षीय रवीन्द्र गुरुङ र पाँचथर फिदिम नपा- १० का २६ वर्षीय दीलकुमार तुम्बाफो पक्राउ परेका थिए ।

    प्रहरीले ठमेल क्षेत्रमै मनोरञ्जन व्यवसाय गर्दै आएका राजेन्द्र गुरुङलाई शनिवार पक्राउ गरेको छ । उनलाई सामाखुसीस्थित घरबाटै पक्राउ गरिएको हो । उनलाई सानुभाई संग जोडेर पक्राउ गरेको हो । तर राजेन्द्रले सानुभाई लाई फसाएको आरोप समेत लगाउँन थालिएको छ ।

    स्वीप अभियान चलाएका छौं : एसएसपी अधिकारी

    काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी विश्व अधिकारीले डनहरुलाई टाउको उठाउँन नदिने बताए । उनले अहिले उपत्यकामा स्वीप अपरेश चलाएको बताए । अपरेशन क्रममा १ सय ४ जना पक्राउ परेको उनले जानकारी दिए । अभियान निरन्तर चल्ने एसएसपी अधिकारीको भनाई छ ।

    यो पनि हेर्नुहोस ।

    दिपक मनाङ्गे जेल गए पछि प्रभाव बढाउँदै थिए चक्रे

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij