काठमाडौं – सिन्धुली वाट हराएको भनिएको परिवार पोखरामा भेटिएका छन । उनीहरु पोखराको लेकसाईट स्थित एक होटलमा तीनवटा कोठा लिएर बसेको पुष्टी भए पनि विस्तृत विवरण भने प्राप्त भएको छैन ।
सिन्धुलीको गोलान्जोर गाउँ पालिका वडा न: ६ को छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने स्थानमा बसोबास गर्ने उर्मिला हायुको सम्पूर्ण १६ जना परिवार सम्पर्क बिहिनभएको त्यहाँका वडा अध्यक्ष रविन श्रेष्ठले बताएका थिए ।
उनीहरुका बारेमा प्रहरीले थप खोजविन गरिरहेको छ भने एक जना छोरी काठमाडौंमै भएको खुलेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
