Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

द रोयल आइरन्सद्धारा अनाथ असहाय बाल सुधार समाजलाई सहयोग


  • सोमबार, जेष्ठ १२ २०८२

  • द रोयल आइरन्सद्धारा अनाथ असहाय बाल सुधार समाजलाई सहयोग

    काठमाडौं बुढानीलकण्ठ नगरपालिका वडा ५, काठमाडौंमा रहेकोे अनाथ असहाय बाल सुधार समाज समाज रहेका बालबालिका तथा युवायुवतीहरुलाई द रोयल आइरन्सले सहयोग गरेको छ । संस्थामा रहेका ४० जनालाई स्टेशनरीका समाग्रीहरु वितरण गरेको छ । त्यसैगरी किशोरीहरुलाई व्यक्तिगत सरसफाईका सामाग्री सेनेटरी प्याड लगायतका सामाग्री समेत वितरण गरिएको छ ।

    उक्त अवसरमा स्वास्थ्य शिविर पनि सञ्चालन गरेर बालबालिका तथा युवायुवतीहरुको स्वास्थ्य परिक्षण समेत गरिएको थियो । डा. प्रविण थापा र डा. प्रतिभा थापाले बालबालिका तथा युवायुवतीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । तीन वर्ष देखि बीस वर्ष सम्मका बालबालिका तथा युवायुवतीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।

    द रोयल आइरन्सले हरेक १५ दिनमा विभिन्न अनाथ, असहाय र पिछडिएका बालबालिकाहरुलाई आर्थिक सहयोग, निशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथै स्टेशनरीका सामग्रीहरु वितरण गर्दै आएको द रोयल आइरन्सका नील विर विक्रम थापाले जानकारी दिए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij