Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नक्कली जग्गाधनी पुर्जा देखि लाइसेन्स सम्म बनाउँने गिरोह पक्राउ


  • बिहिबार, जेष्ठ १ २०८२

  • नक्कली जग्गाधनी पुर्जा देखि लाइसेन्स सम्म बनाउँने गिरोह पक्राउ

    काठमाडौं, विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र लगायतका कागजात कीर्ते गरी नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

     

    पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-२ बस्ने गोरखा भिमसेनथापा गाउँपालिका-१ घर भएका ४६ वर्षीय अन्जनी बयलकोटी, बुढानिलकण्ठ नगरपालिका-१२ बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका-७ घर भएका २८ वर्षीय निर्मल खड्का र चन्द्रागिरी नगरपालिका-१ दहचोक बस्ने मकवानपुर कैलाश गाउँपालिका-२ छ्याङ्ढुङ् घर भएकी २३ वर्षीया अन्जु खत्री रहेका छन् ।

     

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई तारकेश्वर नगरपालिका-७ फुटुङ्बाट विभिन्न कीर्ते गरी बनाइएका नक्कली कागजातहरू तथा उक्त कार्यसँग सम्बन्धित सामाग्री सहित पक्राउ गरेको हो ।

     

    प्रारम्भिक अनुसन्धानको क्रममा अन्जनीले विगत ८ वर्षदेखि सरकारी तथा गैर सरकारी कार्यालयका कागजात, विभिन्न स्थानीय तहको सिफारिस पत्र, विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्रहरू, जग्गाधनी पुर्जा, सवारी चालक अनुमति पत्र लगायतका कागजातहरु कीर्ते गरी नक्कली बनाई प्रयोग तथा प्रचलनमा ल्याउने गरेको खुल्न आएको छ । उनले तारकेश्वर नगरपालिका-७ फुटुङमा कोठा भाडामा लिई नक्कली कागजातहरू इडिट तथा डिजाइन गर्नका लागि दुई जना सहयोगीलाई मासिक तलब दिई कार्यालय संचालन गरेको समेत अनुसन्धानबाट खुल्न आएको छ ।

     

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij