गैर आवाशीय नेपाली संघ बेलायतको प्रमुख सल्लाहकारमा बौद्धिक व्यक्तित्व आर के त्रिपाठी नियुक्त हुनु भएको छ।त्रिपाठीको NRNA मा योगदान,बौद्धिकता,सक्रियता, सामाजिक एवं परोपकारी कार्यमा लामो अनुभब समेतलाई मध्यनजर राख्दै NRNA UK को कार्यसमितीले प्रमुख सल्लाहकार नियुक्त गरेको हो।NRNA UK को प्रमुख सल्लहकार पदलाई बेलायतका नेपाली बिच उच्च सम्मानले हेर्ने गरिन्छ।
यस नियुक्ति संबन्धमा त्रिपाठीले प्रतिक्रिया दिंदै आफूलाई उच्च बल मिलेको र NRNA UK लाई थप प्रभावकारी बनाउन सहयोग गर्ने बताउनु भयो।
केहि समय अघि आर के त्रिपाठी कांग्रेसको सर्वाधिक महत्व राख्ने केन्द्रिय अर्थ निती तथा योजना बिभागको सदस्य समेत नियुक्ति भएका थिए।देशको अर्थतन्त्रलाई पार्टीको तर्फवाट सल्लाह दिने यो केन्द्रिय अर्थ विभागलाई महत्वपूर्ण विभाग मानिन्छ।यस विभागमा बौद्धिक,प्राज्ञिक र उच्च शिक्षा हासिल गरेका अनुभबी व्यक्तिहरुलाई नियुक्त गर्ने प्रचलन छ।केन्द्रिय अर्थ विभागमा मनोनीत भई काम गरेका सदस्यहरुलाई प्राय योजना आयोग र प्राज्ञिक क्षेत्रमा नियुक्ति गर्ने प्रचलन छ।
बेलायत स्थित अन्तराष्ट्रिय नेपाली समुदायका अब्बल समाजसेवी बौद्धिक व्यक्तित्व आर.के.त्रिपाठी यस अगावै नेपाली काँग्रेसको अन्तराष्ट्रिय संबन्ध तथा बिदेश निती बिज्ञमा मनोनित भएका थिए।त्यसै गरि यस अगाबै अघि आर के त्रिपाठीलाई नेपाली कांग्रेसले निर्माण विभाग सदस्यमा नियुक्त गरेको थियो।
नेपाली कांग्रेस पार्टीले बिदेशमा बसोबास गरेका नेपाली कांग्रेस कार्यकर्तालाई महत्वपूर्ण केन्द्रिय आर्थिक निती तथा योजना विभागमा पहिलो पटक नियुक्त गरेको हो।त्रिपाठी नेपाली डायस्पोराका बौद्धिक व्यक्तित्व मानिन्छन्।
यस नियुक्ति संवन्धमा आर के त्रिपाठीले NRNA UK,अध्यक्ष प्रेम गाहा मगर र संपूर्ण कार्यसमिती सदस्यहरुलाई विशेष धन्यवाद दिंदै आफ्नो योग्यता र अनुभवले भ्याए सम्म NRNA UKको संगठन मजबुद गर्न सदैब सल्लाह प्रदान गर्ने बताए।
NRNA मार्फत नेपालको दिर्घकालिन विकाश योजनालाई अन्तराष्ट्रबाट प्राप्त अनुभबलाई भरपूर प्रयोग गर्ने बताउनु भयो।उनले इमान्दारीपूर्वक प्राप्त जिम्मेवारी निर्वाह गर्ने समेत बताएका छन्।
बेलायत स्थित नेपाली समुदायमा विभिन्न संघ संस्थामा नेतृत्व गरी सल्लाहकार समेत रहेका समाजसेवी त्रिपाठी नेपाली जनसम्पर्क समिति बेलायतका तिन कार्यकालको लागी पूर्व महामन्त्री समेत हुन्।त्यसै गरि गैर आवासीय नेपाली संघ बेलायतको दुई कार्यकाल पूर्व महासचिव समेत रहेका उनी बेलायतको ब्यस्त ट्रान्सपोर्ट अफ लण्डन अन्डरग्राउन्डका सिनियर इन्जिनियर समेत हुन्।त्रिपाठी सिभिल इन्जिनियरिङ विषयमा स्नातक र कन्ट्रक्सन प्रोजेक्ट मेनेजमेण्ट विषयमा स्नातकोत्तर हुन्।
भर्खरै बेलायतमा भएको आम निर्वाचनमा लेबर पार्टी लाई संसदिय चुनाब जिताउन आफू बसोबास गर्ने पश्चिम लण्डन स्थित वेष्ट ह्यारो क्षेत्रको लिड चुनाबी संयोजक तोकिएका थिए।त्रिपाठीकै सक्रियतामा लेवर पार्टिले संसदिय चुनाब जितेको थियो।उनकै क्षेत्रको सांसद बेलायतमा मन्त्री भए पछि धन्यवाद दिन आर के त्रिपाठी निवास आएका थिए।
बौद्धिक व्यक्तित्व आर के त्रिपाठी लेख,रचना, स्ट्याटस,अन्तरवार्ता मार्फत नेपालको मानब अधिकार,प्रजातन्त्र,पारदर्शिता,भ्रष्टाचार निवारण,बेरोजागी अन्त्य र कानुनी शाषन पूर्ण स्थापना गर्न खबरदारी गरि रहन्छन् /
त्रिपाठीको सिभिल इन्जिनियरिङ्ग,मेघा प्रोजेक्ट मेनेजमेण्ट,क्वालीटी कन्ट्रोल,प्रोजेक्ट सेफ्टी विषयमा धेरै लेख,रचना र रिसर्च पेपर प्रकाशनमा आएका छन्।मेघा प्रोजेक्ट मेनेजमेण्ट,डिले कन्ट्रोल विज्ञ र विकाश विज्ञ त्रिपाठीको सल्लाह सुझाब नेपालमा मात्र नभएर बेलायतका ठूलो कम्पनी र राजनितिज्ञहरुले समेत लिई रहेका छन्।त्रिपाठी विगतमा एनआरएन आईसिसि अनरी काउन्सील सदस्य र केन्द्रिय टाष्क फोर्समा बसि काम गरेका व्यक्तित्व हुनुहुन्छ।आर के त्रिपाठी भर्खर सम्पन्न भएको NRN UK अधिवेशन मुल आयोजक समितिका सदस्य सचिव,विधान संसोधन समितिका सदस्य सचिब र निर्वाचन समितीको सदस्य,NRNA ICC केन्द्रिय अधिवेशन प्रचार समिती सदस्य सचिब हुनुहुन्छ /
पछिल्लो नियुक्तिलाई लामो संघर्ष र इतिहाँसको कदर भन्दै त्रिपाठीले नियुक्तिको लागी सिफारिश गर्ने NRNA UK,अध्यक्ष प्रेम गाहा मगर र संपूर्ण कार्यसमिती सदस्य हरुलाई विशेष धन्यवाद ज्ञापन गर्दै NRNA UK को शाख,शान र मान बढाउन इमान्दारिता साथ सदैब बौद्धिक कृयाशिल हुने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
पद सानो ठूलो हुँदैन/गर्ने कार्य,पार्ने प्रभाव र रुपान्तरण ठूलो कुरा हो।सबैले आफ्नो आफ्नो क्षेत्रबाट नेपालको संवृद्धि र विकाशमा योगदान गरौं/NRNA UK को शान,मान र आवश्यकता स्थापना गरौं।NRN हितमा जोड दिऔं,त्रिपाठीले भने।
NRN UK कामको लगानी,इतिहाँस, सक्रियता,बौद्धिकता,इमान्दारिता र NRNको हक-हितको निम्ती मैले गरेको कामलाई सम्मान गर्दै मलाई यो जिम्मेवारी दिएको महसुस गरेको छु,उनले भने,‘यसबाट आगामी दिनमा समग्र NRNलाई सुदृढ बनाउने अभियानमा अझै लाग्नेछु।’
नेविसंघ,तरुण दल हुँदै नेपाली कांग्रेसमा क्रियाशील आर के त्रिपाठी संपूर्ण परिवारको राणा काल देखि नै नेपालको प्रजातन्त्र प्राप्तीको आन्दोलनमा विशेष योगदान रहेको छ।त्रिपाठी डायस्पोराका चर्चित बौद्धिक लेखक र समाजसेवी गनिन्छन्।
पछिल्लो समयमा त्रिपाठीले नेपालको Climate Change Effect Minimise गर्न बेलायत,संयुक्त राष्ट्र संघ,यूरोपियन युनियन मार्फत तिब्र बौद्धिक लबि र ध्यानाकर्षण गरिरहेका छन्।हालै मात्रै बेलायती मन्त्रीसंग विशेष भेटघाट गर्दै बेलायत सरकारले DFID मार्फत नेपाल सरकारलाई गरिरहेको सहयोग बढाई दिन विशेष आहवान गरेका छन्।
नेपाल सरकार भवन विभाग सिंहदरवार सचिवालय पु:न निर्माण प्रोजेक्टका पूर्व इन्जिनियर त्रिपाठी तत्कालीन समयमा जलश्रोत मन्त्रीका निजी सचिब भई काम गरिसकेका व्यक्तित्व हुनुहुन्छ।विद्वान आर के त्रिपाठीको बेलायतका केहि मन्त्रीहरु संग समेत घनिष्ठ संबन्ध रहेको देखिएको छ।नेपालबाट बेलायत भ्रमण गर्ने अधिकांश कांग्रेस नेताहरु र नागरिक समाजका बुद्धिजिबीहरु आर के त्रिपाठी निवास पश्चिम लण्डनमा प्राय भेटघाट गर्न आएको देखिन्छ।
केहि बर्ष अगाबै आर के त्रिपाठी लाई नेपाली कांग्रेस पार्टीका शिर्ष नेताहरुले नेपाल फर्केर उपयुक्त नियुक्ती लिन आग्रह गरेका थिए।तर पारिवारिक कारण यो संभब भएन।त्रिपाठी पछिल्लो समय बेलायतका मन्त्रीको सल्लाहकारको रूपमा कार्यरत हुनुहुन्छ।निकट भविष्यमा आर के त्रिपाठीलाई नेपाली कांग्रेस पार्टीले आमन्त्रित केन्द्रिय सदस्य बनाउने आंकलन गरिएको छ।
आर के त्रिपाठी बेलायतबाट संचालन हुने लण्डन नेपाल न्युजका डाइरेक्टर पनि हुन्।पछिल्लो समयमा आर के त्रिपाठी समुहले नेपालमा विभिन्न व्यवशायमा सामुहिक लगानी समेत गरेका छन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
