Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एक सय सदस्यीय चिनियाँ फोटोग्राफरको टोली नेपालमा


  • मंगलबार, फाल्गुन २७ २०८१

  • एक सय सदस्यीय चिनियाँ फोटोग्राफरको टोली नेपालमा

    काठमाडौं । संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ फोटोग्राफरको एक सय सदस्यीय टोली नेपाल आएको छ ।

    चाइना नेपाल फ्रेन्डसिप फोरम, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय फोटो पत्रकार समूहको संयुक्त आयोजनामा हुने “लेन्स अन नेपाल १०० चिनियाँ फोटोग्राफरद्वारा संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कन” कार्यक्रमअन्तर्गत यो टोली नेपाल आएको हो ।

    नेपाल भ्रमणमा आएका चिनियाँ फोटोग्राफरहरूको टोलीलाई स्वागत गरिएको छ ।

    यो कार्यक्रम नेपाल भ्रमण वर्ष २०२५ तथा नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा गरिएको हो । यो कार्यक्रम नेपालको पर्यटन प्रवद्र्धनका लागि एक महत्वपूर्ण अवसर हुने फोरमका संयोजक डा कल्याणराज शर्माले जानकारी दिनुभयो ।

    कार्यक्रममा सहभागी चिनियाँ चर्चित फोटोग्राफरले नेपालका विभिन्न पर्यटकीय, सांस्कृतिक, तथा ऐतिहासिक स्थलहरूको भ्रमण गर्दै यहाँको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई फोटोमार्फत विश्वभर प्रवद्र्धन गर्नेछन् । उनीहरुले फागुपूर्णिमाका अवसरमा विभिन्न स्थानमा रंगमय नेपालको फोटो खिच्ने राष्ट्रिय फोटोपत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिनुभयो ।

    कार्यक्रममा सांसद उर्मिला माझी, नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलियाले चिनियाँ फोटो ग्राफरहरुको आगमनले नेपालको पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।

    स्वागत कार्यक्रममा सांगीतिक समूह सुकर्मले आफ्नो प्रस्तुति दिएको थियो ।

    चिनियाँ फोटोग्राफरहरूले नेपाल भ्रमण गरेर यहाँको संस्कृति, जीवनशैली, तथा परम्परागत सम्पदाहरूलाई विश्वव्यापी रूपमा प्रचारप्रसार गर्ने छन् ।

    नेपाल–चीन सम्बन्धलाई सुदृढ बनाउन तथा नेपाल पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन यस्तो कार्यक्रमले विशेष योगदान पुर्‍याउने विश्वास लिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij