काठमाडौं – आइतबार अपरान्ह चार बजे तिर बसुन्धराको धापासी मार्गमा एउटा कम्प्रेसर सहितको गाढी आएर धुलो उठाउन थाल्यो । कम्प्रेसरको प्रयोग गरेर पाइपबाट हावा फालिएकाले धुलो यति धेरै भयो कि दिउँसै रात परे जस्तो देखियो । यसो हेर्दा सडक सफा गरे जस्तो देखिए पनि ब्यस्त सडकमा फैलिएको धुलोले बाटो हिँड्ने मानिसहरू धुलै धुलो भए । एक्कासी पसल भित्र धुलोको मुस्लो पसेकाले पसलेहरु आत्तिए
। कोहि पसल बन्द गर्न थाले भने कोहि मुख छोपेर छोप्टो परे । दुई तर्फि सवारी साधनहरु रोकिए भने मानिसहरुको भागाभाग भयो । कुन निकायले कुन प्रयोजनको लागी धुलो उढायो भन्ने कसैले थाहै पाएनन् । कतिपय पसलहरुका सामान विग्रिए भने मानिसहरु धुलाम्य भए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
