काठमाडौं – पश्चिम नेपालको बैतडीमा भुकम्प गएको छ । आज बिहान ७ बजेर ५४ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । पछिल्ले केहि दिन यता पश्चिम नेपालमा निरन्तर भुकम्प गइरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
