काठमाडौं- काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको निधन भएको छ। सोमबार बिहान १ बजे चाक्सीबारीस्थित निजी निवासमा उनको निधन भएको हो।
८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए। काठमाडौं नगरपालिकाको पहिलो मेयर थिए। उनैले काठमाडौंलाई महानगर बनाउन भूमिका समेत खेलेका थिए।
उनको निधनमा काठमाडौं महानगरले सोमबार सार्वजनिक विदा दिएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
