बेल्जियम- नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम द्वारा लिखित पुस्तक “प्रवासका फुलहरु” को आइतबार बेल्जियममा बिमोचन गरिएको छ । अन्तरराष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको बिमोचन समारोहमा बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा लगायतका अतिथीहरुले पुस्तकको बिमोचन गर्नु भएको हो ।

पुस्तक बिमोचन गर्नुहुदै राजदुत राजभन्डारीले बिदेशमा बस्ने नेपालीहरुका अनुभबलाई देशका नितीनिर्माताहरुले बुझ्न सकेमा देश बिकासमा ठुलो सहयोग पुग्ने बताउनु भयो । पुस्तक युरोपका नेपालीहरुको दस्ताबेजको रुपमा रहने भएकाले पनि ईतिहास बन्ने उहाँको धारणा रहेको थियो । पुस्तक मार्फत बिदेशमा रहने नेपालीहरुको प्रतिनिधि भोगाइ अनि सत्य कथाबाट युबा पुस्तालाई सकारात्मक उर्जा प्रदान गर्ने विश्वाश उहाँले ब्यक्त गर्नु भयो ।राजदुत राजभण्डारीले प्रवास बसाइका अनुभब,संघर्ष र सफलताका साथै नेपाली भाषा कला साहित्य, सस्कृती र नेपाली मौलिक पहिचानलाई उनिहरुले कसरी विश्व सामु फैलाई रहेकाछन भन्ने बिषय लिपिबद्ध गरि पुस्तक प्रकाशन गरेकोमा लेखक गौतमलाई धन्यबाद सहित शुभकामना ब्यक्त गर्नु भयो । प्रवासका फुलहरु बारे बोल्नु हुँदै लेखक गौतमले मुलुक बाहिर रहेका मुलुकका असल छोराछोरीका जीबन्त कथा लेखिएको बताउनु भयो । करिब डेढ बर्षको अन्तरालमा पुस्तक तयार गरेर बिदेशी भुमिमा बिमोचन गर्ने अबसर पाएकोमा अनेसास प्रति आभार ब्यक्त गर्नुभयो। पुस्तकमा युरोपमा रहेका ३९ जना नेपालीहरुको बाल्यकाल,शैक्षिक अबस्था,राजनीति ,परिबारिक अबस्था,बैदेशिक संघर्ष लगाएतका वास्तविक कथा समाबेश गरिएको बताउनु भयो ।
यस्तै एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले बिदेशमा बसोबास गरिरहेका नेपालीहरुले धेरै चुनौतिका बिचमा पनि नेपाली पहिचानलाई निरन्तरता दिने र यसको प्रचार प्रसारका लागि लेखक गौतमले उदाहरणीय काम गरेकोमा धन्यवाद ब्यक्त गर्नु भयो । उहाँले सबैका आ-आफ्नै भोगाई हुन्छन, ति कुराहरुलाई आफ्नो पुस्तासामु जानकारी दिलाउन पुस्तकले भूमिका खेल्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले सुन्दर भविश्यको कल्पना गरेर देश छोडेका युरोपका नेपालीहरुका सत्य कथाहरु संकलन गरेकोमा पत्रकार गौतमप्रती आभार प्रकट गर्नु भयो । आफ्नो जनभुमी छोडेर फरक भुगोल संस्कार र संस्कृतिमा आफुलाई स्थापित गर्न नेपालीहरुले युरोपमा गरेका संघर्षका कथाहरु प्रेरणादायी बन्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा अन्तरराष्ट्रीय नेपाली साहित्य समाजका केन्द्रिय उपाध्यक्ष डिल्ली अंमाईले पुस्तक माथि टिप्पणी गर्दै यस्ले युरोप भित्रका अधिकतम देशका बिभिन्न पेशा वा सेवामा कार्यरत नेपाली प्रतिनिधिहरुसँग प्रत्यक्ष सम्बाद गरेर पुस्तक प्रकाशन गरेकोमा पत्रकार गौतमलाई धन्यवाद दिनुभयो । पुस्तक अभिलेखका रुपमा रहने भएकाले यसको महत्व उच्च्तम हुने उहाँले बताउनु भयो ।
कार्यक्रममा अनेसास बेल्जियमका महासचिब गोपाल दाहालले पुस्तक माथि टिप्पणी गर्दै निकै संघर्ष गरेर तयार गरिएको पुस्तकले आम नेपालीको कथा बोल्ने बताउनु भयो ।
दुई सय अठासी पेज रहेको पुस्तकको टिप्पणी गर्दै दाहालले अन्तर्वातामा आधारित भएर पुस्तक प्रकाशन भएको बताउनु भयो ।
यस्तै अनेसास बेल्जियम अध्यक्ष सौरभ कारन्जितले प्रवासका नेपालीहरुको संघर्षको अन्तरकथा तयार पारी बिमोचनका लागि अनेसासलाई अबसर दिनुभएकोमा धन्यवाद दिनु भयो । युरोपमा नेपालीहरुका दिब्य आशा, उन्मुक्त मनोभाब, उत्तेजना, सफलता-असफलताका कथा र संकल्पहरु समाबेश गरिएको प्रवासका फुलहरु पुस्तक कलात्मक कृतिका रुपमा रहने बताउनु भयो ।
कार्यक्रममा एनआरएनए आइसीसी सदस्य मदन दवाडी, हरी भट्टराई, उपाध्यक्ष कासी दनै, ओेएनएफ बेल्जियमका अध्यक्ष बिनोद न्यौपाने, जन सम्पर्क समिति बेल्जियमका उपसभापती बिराट जोशी लगायतले कृति सफलताको शुभकामना ब्यक्त गर्नु भयो । पुस्तकमा लेखक संघ केन्द्रिय सदस्य हयगृब आचार्यको भाषा सम्पादन,कवि लेखक सम्प्रस पौडेलको कथा सम्पादन,श्रीराम दहाल र बिना देबकोटाको श्रुति लेखन रहेको छ भने पुस्तकको प्रकाशन,लेआउट डिजाइन आकृति कृयसन राम अबिकास र बितरकमा किताब घर हेटौंडाका छवि अनित्यको रहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
