काठमाडौं – मनसुन सक्रिय भएसंगै भएको वर्षाका कारण जनजीवन अस्तब्यस्त भएको छ । काठमाडौं उपत्यकामा डुवान भएको छ भने विभिन्न जिल्लामा पहिरोमा परि जनधनको क्षति भएको छ । पृथ्वी राजमार्ग सहित देशका विभिन्न राजमार्गहरु अवरुद्ध भएका छन । बाढीका कारण प्रभावित भएकाहरुलाई सुरक्षाकर्मिहरुले उद्धार गरेका छन ।
यसै विच मौसम पूर्वानुमान महा साखाका देशका विभिन्न भागमा वर्षा जारी रहने बताएको छ । उसले भनेको छ :
आज दिउँसोː देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डक र, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोशी,मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी,मधेश,बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक-दुई स्थानहरुमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको तराई क्षेत्रमा हावाहुरीको समेत संभावना रहेको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
