Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस कार्यसम्पादन समितिले के के निर्णय गऱ्यो ? (विज्ञप्ती सहित)


  • बुधबार, असार १९ २०८१

  • कांग्रेस कार्यसम्पादन समितिले के के निर्णय गऱ्यो ? (विज्ञप्ती सहित)

    काठमाडौं – नेपाली कांग्रेसले नेकपा एमालेसंग गरेको सत्ता साझेदारी लाई स्वागत गर्दै अनुमोदन गरेको छ । आज बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजिनामा गर्न आव्हान गरेको छ । बैठक पछि कांग्रेसले जारी गरेको विज्ञप्ती यस्तो छ :

    प्रेस विज्ञप्ति

    नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री

    श्री शेरबहादुर देउवाको सभापतित्वमा सभापति निवास, बुढानिलकण्ठ, काठमाडौंमा आज बस्यो । बैठकले देहाय बमोजिम निर्णय गरेको छ ।

     

    (१) नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच २०८१ साल असार १७ गते सम्पन्न राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धी सहमतिलाई यो बैठक स्वागत गर्दै समर्थन गर्दछ ।

     

    (२) नेपाली कांग्रेस र नेकपा (एमाले) बीच राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तिव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्न, अर्थतन्त्रलाई बलियो बनाउन र यी उद्देश्य प्राप्तिका लागि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलो पटक नेकपा (एमाले) का अध्यक्ष माननीय के.पी. शर्मा ओली र दोस्रो पटक नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवाले गर्ने गरी भएको सहमतिलाई कार्यान्वयन गर्न यो बैठक दृढता व्यक्त गर्दछ ।

     

    (३) नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नेपालको संविधानको धारा ७६(२) बमोजिम माननीय के.पी. शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भई सकेकोमा प्रतिनिधि सभाको बहुमत स्पष्ट देखिएको अवस्थालाई मध्यनजर गरी सम्माननीय प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न उचित हुने यो बैठक ठहर गर्दछ ।

     

    (४) महाधिवेशन सम्पन्न नगरेका नेपाली कांग्रेसका भ्रातृ संघहरूको महाधिवेशन सम्पन्न गर्न÷गराउन फरक भ्रातृ संघका लागि अधिकार सम्पन्न फरक—फरक निर्देशक समिति गठन गर्ने; नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल थारू संघका निर्देशक समितिहरूलाई २०८१ चैत्र मसान्तसम्म अनिवार्य रुपमा भ्रातृ संघको महाधिवेशन सम्पन्न गर्ने गरी दिइएको कार्यादेश; संघका तदर्थ कार्यसमितिहरूको समयावधी लगायतका विषयमा असार १७, २०८१ मा गरिएको निर्णयलाई यो बैठक पारित गर्दछ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij