Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दक्षिणकालीमा दुर्घटनामा दुई जनाको मृत्यु


  • बिहिबार, जेष्ठ २४ २०८१

  • दक्षिणकालीमा दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौं– काठमाडौंको दक्षिणकालीमा पुरूष र महिला मृत फेला परेका छन्। दक्षिणकाली नगरपालिका वडा नम्बर ८ केराबारीस्थित भिरमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । धादिङ सिद्धलेख गाउँपालिका वडा नम्बर ५ घर भई भक्तपुर बस्ने ४२ वर्षीय रामचन्द्र खनाल र चाँगुनारायण वडा नम्बर ५ बस्ने ३२ वर्षीया सविना राई मृत फेला परेको प्रहरीले जनाएको छ।

    बुधबार साँझ भिरमा दुई जनाको शव रहेको भन्दै प्रहरीलाई स्थानीयले खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय फर्पिङले घटनास्थललाई सुरक्षित राखेको थियो।

    घटनास्थलमा प्रदेश–३–०२–००७ प ३८१२ नम्बरको पल्सर मोटरसाइकलसहित उनीहरू सडकबाट २ सय मिटर तल खसेको अवस्थामा भेटिएको थियो। घटनाबारे परिसर र प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij