काठमाडौं – नेपाली कांग्रेसले आगामी स्थानिय तहको निर्वाचनमा वडा अध्यक्षमा ३५ वर्ष सम्मका युवालाई मात्रै उम्मेदवार बनाउँने तयारी थालेको छ । युवाहरुलाई नेतृत्वमा स्थापित गर्ने उद्देश्यले त्यस्तो निति लिइएको कांग्रेस स्रोतले बतायो । महामन्त्री प्रदिप पौडेलले कार्यकर्ता माझ आगामी स्थानिय तहको निर्वाचनमा ३५ वर्ष सम्मको युवालाई मात्र वडा अध्यक्षको उम्मेदवार बनाउँने तयारी गरिएको बताएका हुन । पौडेललाई उद्धृत गर्दै एक स्थानिय नेताले राष्ट्रपुकारलाई बताए अनुसार सोहि निति अनुरूप क्रियाशिल सदस्यतामा पनि ३५ वर्ष सम्मकालाई प्रोतसाहित गर्न ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि तोकिएको हो ।
स्थानिय तहको निर्वाचनमा कांग्रेसले कम्तिमा १ सय वटा पालिकामा महिलालाई प्रमुखमा उम्मेदवार बनाउँने तयारी गरेको छ । उक्त घोषणा केहि दिन अघि एक सार्वजनिक कार्यक्रममा सभापति गगन थापाले गरेका हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
