Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राहदानी छपाइ सम्बन्धी घोटालामा भ्रष्टाचार मुद्दा दर्ता


  • सोमबार, असार ८ २०८३

  • राहदानी छपाइ सम्बन्धी घोटालामा भ्रष्टाचार मुद्दा दर्ता

    काठमाडौं –  राहदानी छपाइ सम्बन्धी घोटालामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

    राहदानी विभागका महानिर्देशक तिर्थराज अर्यालसहित केही पदाधिकारीलाई नियन्त्रणमा लिएर अख्तियारले छानबिन सुरु गरेको थियो।

    जर्मन कम्पनीलाई छपाइको जिम्मा दिँदा ठूलो आर्थिक अनियमितता भएको आशंकामा आयोगले यस प्रकरणको अनुसन्धान गरिरहेको थियो। सरकारका पदाधिकारीहरूले अख्तियारका अधिकारीलाई सिंहदरबारमा बोलाएर छानबिन तीव्र बनाउन तथा छिट्टै मुद्दा दर्ता गर्न दबाब दिएपछि अख्तियारले फास्ट ट्र्याकमार्फत अनुसन्धान सम्पन्न गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो।

    यस प्रकरणमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं अघिल्लो सरकारकी परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि समेत अनुसन्धान भइरहेको जनाइएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij