Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अमेरिकी राजनितिमा नेपाली मूलका घिमिरेको पाईला


  • बिहिबार, बैशाख ३ २०८३

  • अमेरिकी राजनितिमा नेपाली मूलका घिमिरेको पाईला

    काठमाडौं – विश्वको शक्तिशाली मुलुक संयुक्त राज्य अमेरिकामा एक जना नेपाली मुलका व्यक्ति चुनावी प्रचारमा व्यस्त छन । स्टेट एसेम्ब्ली डिस्ट्रिक्ट ३० को डेमोक्रेटिक प्राइमरीका लागि उमेद्वारी घोषणा गरेका सोमनाथ घिमिरे चुनावी अभियानमा ब्यस्त भएका हुन । उनले एफोर्डेबल हाउजिङ, एजुकेशनमा समानता, आईसविरुद्ध जिरो टोलरेन्स नीति र सेफ नेबरहुडलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।

    नेपाली समुदायका सामाजिक अगुवा घिमिरेका अनुसार न्यू योर्क सिटीमा बढ्दो महँगी र धान्न नसकिने हाउजिङ संकटसँगै आईसको धरपकडले नेपाली, दक्षिण एशियाली तथा आप्रवासी समुदायमा गहिरो त्रास सिर्जना गरेको छ। आफू निर्वाचित भए आईस विरुद्ध कडा जिरो टोलरेन्स नीति अपनाउने उनले बताएका छन्।

    तीन दशक अमेरिकामा विताएका घिमिरेलाई एक दिन उनको अमेरिकी प्रोफेसरले आफ्नो देशका बारेमा सोधे । उनले आफु नेपाली भएको बताउँदा ती प्रोफेसरले नेपाल भारतको प्रान्त होइन भने प्रश्न गरे । प्रोफेसरको प्रश्नले उनको मनमा नराम्रो संग बिझ्‌यो । उनले नेपाल स्वतन्त्र राष्ट्र भएको र कहिल्यौ पराधिन भएको बुझाए । त्यहि घट्‌नाले नेपालको प्रचार गर्नु पर्ने आवश्यकता उनले महशुस गरे । सामाजिक कामको माध्यमबाट नेपाल र नेपाली चिनाउँने अभियन अहिले पनि जारी छ ।

    उनले नेपाली आप्रवासीहरुको पक्षमा मात्रै काम गरेका छैनन् । अन्य मुलुकका आप्रवासीको पक्षमा पनि योगदान गरेका छन । आफ्नो कर्मकै कारण उनले थुप्रै प्रतिष्ठित अवार्डहरू जितेका छन ।

    अब निति निर्माण तहमै पुगेर अल्पसंख्यक नेपालीको लागी काम गर्ने उदेश्यले उनी राजनिति तर्फ अग्रसर भएका हुन ।

     

     

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij