काठमाडौं – नेपाली कांग्रेसको देउवा पक्षले विशेष महाधिवेशनवाट निर्वाचित सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवासंग भेटवार्ता नभएको बताएको छ । देउवाको स्वकिय सचिव भानु देउवाले सुचना जारी गर्दै भेट भएको भनि आएका समाचारको खण्डन गरेका छन ।
उनले भनेका छन :
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाज्यूसंग पूर्वमहामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भेट गर्नु भएको भनेर केही संचार माध्यमहरुमा समाचार आएको देखिएको तर हालसालै उहाँहरुसँग सभापतिज्यूको भेटघाट नभएको जानकारी गराईन्छ।
भानु देउवा
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
