काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखराको लिचिवारी जग्गा प्रकरणमा दुई पूर्व मन्त्री सहित विचौलियालाई विशेष अदालतमा मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र पूर्वभूमि सुधार मन्त्री रञ्जिता श्रेष्ठ समेत छन ।
गुप्ता र श्रेष्ठविरुद्ध अख्तियारले ७८ लाख बिगो मागदाबी गरेको छ । त्यस्तै, यस प्रकरणमा मुछिएकाहरू अन्य रामचन्द्र अधिकारी, याम कुमारी गुरुङ, तुल्सीराम बुढामगर र खमबहादुर पुनविरुद्ध पनि मुद्दा दायर भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
