काठमाडौं – काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । आज मध्यान्ह १२ बजेदेखि राति १० बजेसम्म लागू हुने गरी काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कर्फ्यु आदेश जारी गरेका हुन् ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस अवधिमा तोकिएको क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक वा अन्य गतिविधि गर्न निषेध गरिएको छ । प्रशासनले तोकिएको समयावधिभर आवतजावत नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
माइतीबाट सुरु भएको प्रदर्शन बानेश्वर पुगेको थियो । त्यहाँबाट पनि पर्खाल नाघेर संसद भवन भित्र प्रवेश गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
