काठमाडौं – अख्तियार दुरुपयोग अनुशन्धान आयोगले काठमाडौं महानगर पालिकाका पूर्व प्रमुख प्रशासकिय अधिकृत प्रदिप परियार विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । ढल निर्माणमा भ्रष्टाचर गरेको अभियोगमा उनी विरुद्ध मुद्दा दायर गरिएको हो । परियार हाल सुचना तथा प्रशारण विभागको महानिर्देशक छन ।
परियारसहित महानगरका निर्देशक रविनमान श्रेष्ठ, निर्देशक शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल, इन्जिनियर जनार्दन गिरीविरूद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
