Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

‘र्‍याप एन्ड ड्राइभ’की संस्थापक आचार्य सम्मानित


  • आइतबार, बैशाख १४ २०८२

  • ‘र्‍याप एन्ड ड्राइभ’की संस्थापक आचार्य सम्मानित

    काठमाडौँ, वैशाख । ‘र्‍याप एन्ड ड्राइभ’की संस्थापक एवं युवा महिला उद्यमी रिता आचार्य सम्मानित हुनु भएको छ । उहाँलाई शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच उत्कृष्ट महिला उद्यमीको रूपमा सम्मानित गरिएको हो ।

     

    नेपाल पर्यटन बोर्डमा आयोजित ‘नवौँ नेसनल क्यापिटल अवार्ड’मा व्यावसायिक क्षेत्रमा फरक विधामा देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान गरे बापत उद्यमी आचार्यलाई सो सम्मान प्रदान गरिएको थियो । कार्यक्रम मिडिया इन्टरनेसनलले आयोजक गरेको थियो ।

     

    समारोहका प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर, विशिष्ट अतिथि बागमती प्रदेशका पूर्व मुख्य मन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डे तथा बागमती प्रदेश सदस्य एवं पूर्व मन्त्री दीपेन्द्र श्रेष्ठको हातबाट आचार्यलाई सम्मान प्रदान गरिएको थियो ।

     

    झन्डै एक दशकदेखि सवारी साधनमा प्रयोग गरिने गुणस्तरीय सामाग्री मात्र आयात गरी बिक्री वितरण एवं सेवा प्रदान गराउँदै आएको ‘र्‍याप एन्ड ड्राइभ’ले सवारी साधनका सौखिन घरानाहरूको मन जित्दै आइरहेको छ ।

     

    नेपालको अस्तव्यस्त सडकमा गुडिने नयाँ सवारी साधनका लागि एक रक्षकको रूपमा काम गराइने सो सेवालाई उद्यमी आचार्यले इमानदारीका साथ सयौँ सवारी धनी एवं उपभोक्ताको मन जित्दै आइरहेकी छिन ।

     

    नयाँ तथा पुराना सवारी साधनमा प्रयोग गरिने नेपालको एक मात्र गुणस्तरीय र विश्वासिलो र्यापिङ, अटो डिटेलिङ्ग,जेन्यून र्‍याप, पिपिएफ, डायमन्ड कोटिङ्ग गर्ने कम्पनीको रूपमा ख्याति कमाएको र छोटो समयमै उपभोक्ताको मन जित्दै आएको ‘र्‍याप एन्ड ड्राइभ’ ले उपभोक्ताको बढ्दो मागलाई ध्यानमा राखी सेवा विस्तारको समेत योजना बनाएको संस्थाकी संस्थापक आचार्यले जानकारी दिनुभयो ।

     

    उहाँ भन्नुहुन्छ, ‘यो सम्मानले म मा थप ऊर्जा बढेको र गुणस्तरीय सेवा प्रदानमा थप प्रतिबद्धता रहनेछ र अझ च्यालेन्जिङ थपिएको छ ‘।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij