काठमाडौं – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा उँट भेटिएको छ । मंगलबार बिहान हरिहरपुरको भिमानमा उँट भेटिएको हो ।
उँट कहाँबाट आयो भन्नेबारे केही खुलेको छैन । उँट बस्तीमा देखिएपछि स्थानीय त्रसिद भएका छन् । उँट हेर्नेहरूको पनि उत्तिकै भीड लागेको छ । उँट विशेष गरी मरुभूमिमा पाइने जनावर हो । उँट क्यामेलस प्रजाती अन्तरगत पर्ने एक खुरधारी तथा स्तनधारी घरपालुवा जनावर हो। यो अरवियन र ब्याकट्रियन गरी दुई प्रजातिका हुन्छन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
