Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वातावरण पत्रकार समूहको अध्यक्षमा चन्द्रशेखर कार्की निर्वाचित


  • शनिबार, असोज १९ २०८१

  • वातावरण पत्रकार समूहको अध्यक्षमा  चन्द्रशेखर  कार्की निर्वाचित

    काठमाडौँ – नेपाल वातावरण पत्रकार समूह (नेवापस)को अध्यक्षमा चन्द्रशेखर कार्की निर्वाचित भएका छन् । नेवापस परिसरमा शुक्रबार भएको ३९औँ साधारणसभा पछिको मतदानमा कार्की ४५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी रोशनी अधिकारी पाठकले २८ मत प्राप्त गरिन् ।

    उपाध्यक्षमा टीका बन्धन ४१ मतका साथ विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी सुरेश शर्माले ३२ मत प्राप्त गरे । महासचिव, सचिव र कोषाध्यक्षमा भने यसअघि नै क्रमशः कमलदेव भट्टराई, सृष्टि काफ्ले र भीष्मराज ओझा निर्विरोध निर्वाचित भएका थिए।

    त्यस्तै, २ सदस्य (पुरुष)का लागि भएको निर्वाचनमा यम बम र रामप्रसाद भण्डारी विजयी भए । बमले ५४ र भण्डारीले ४६ मत प्राप्त गरे । नव निर्वाचित कार्यसमितिको कार्यकाल आगामी २ वर्षका लागि हो । जम्मा ११ सदस्यीय कार्यसमितिका लागि भएको मतदानमा २ जना महिला सदस्य र २ जना विज्ञ सदस्यको उम्मेदवारी नपरेकाले उक्त पदमा नवनिर्वाचित कार्यसमितिले मनोनयन गर्ने निर्वाचन समितिले जनाएको छ ।

    कूल १ सय ४ मतदाता रहेकामा ७४ जनाले मतदान गरेको जानकारी निर्वाचन संयोजक डा. रवि शर्मा अर्यालले दिए । निर्वाचनअघि साधारणसभाले महासचिव सविन शर्मा, कोषाध्यक्ष सोमनाथ लामिछाने र लेखासमिति सदस्य निमेष अधिकारीले प्रस्तुत गरेको प्रतिवेदन छलफल पश्चात् पारित गर्‍यो ।

    समूहले हरेक वर्ष प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका बझाङ सम्वाददाता वसन्तप्रताप सिंहलाई प्रदान गरिएको थियो । । समूहका पूर्व अध्यक्ष ओम खड्काले उनलाई सम्मानपत्र र नगद राशि हस्तान्तरण गरेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij