Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अध्यक्ष प्रचण्डसँग अष्ट्रेलियन राजदूत भोल्कको बिदाई भेट 


  • बुधबार, साउन ३० २०८१

  • अध्यक्ष प्रचण्डसँग अष्ट्रेलियन राजदूत भोल्कको बिदाई भेट 

    साउन ३०,काठमाडौं । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्क(Felicity Volk)ले नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिदाई भेट गर्नुभएको छ ।

     

    अध्यक्ष प्रचण्डसँग नेपालका लागि अष्ट्रेलियन राजदूत भोल्कले अध्यक्ष निवास खुमटारमा भेट गर्नुभएको हो ।

     

    भेटको अवस‌रमा राजदूत भोल्कले नेपालको शान्ति प्रक्रियालाई सहमतिमा टुंगोमा पुर्याउन सफलता मिलेकोमा बधाई दिंदै नेपालको अन्तराष्ट्रिय सम्मान विकासमा प्रधानमन्त्रीत्वकाल धेरै नै सफल र उत्कृष्ट भएको बताउनुभयो ।

     

    सो क्रममा अध्यक्ष प्रचण्डले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप मजबुद बनाउन राजदूत फेलिसिटीले खेलेको भुमिकाको प्रशंसा गर्दै आगामी बाटोमा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij