काठमाडौं– सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका अमिर शेख तमिम बिन हमाद अल थानी भ्रमणका अवसरमा विदा दिने निर्णय गरेको हो ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
कतारका अमिरले नेपालको दुईदिने औपचारिक भ्रमण गर्न लागेका हुन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
