Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एसीसी प्रिमियर कप : नेपालसंग हङकङ ८ विकेटले पराजित


  • सोमबार, बैशाख ३ २०८१

  • एसीसी प्रिमियर कप : नेपालसंग हङकङ ८ विकेटले पराजित

    काठमाडौं – नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ ।

    टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले १७.५ ओभरमा लआउट हुनुअघि एक सय १४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १२.२ ओभरमा केवल दुई विकेट गुमाएर एक सय १७ रन बनाउँदै विजयलक्ष्य पार ग¥यो ।

    नेपाली टोलीले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । नेपाली टोली ६ अंकसहित समूह ‘ए’ तालिकाको पहिलो स्थानमा आसिन छ ।

    समूह ए मा तेस्रो जितका साथ नेपालको सेमिफाइनल यात्रा अव औपचारिकता मात्रै बाँकी छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij