Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसले इलाम २ र बझाङ प्रदेश सभाका लागि उम्मेदवार टुंग्यायो


  • बिहिबार, चैत्र २२ २०८०

  • कांग्रेसले इलाम २ र बझाङ प्रदेश सभाका लागि उम्मेदवार टुंग्यायो

    काठमाडौं– आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले इलाम–२ डम्बर खड्कालाई उम्मेदवार बनाएको छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानलीकण्ठमा बसेको संसदीय बोर्ड बैठकले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार टुंगो लगाएको हो ।

    खड्का ४ मंसिर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए । त्यसैगरी बझाङ प्रदेश सभा (१) मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
    संसदीय बोर्डको निर्णयलाई बिहीबार नै बस्ने कार्यसम्पादन समितिले अनुमोदन गर्नेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij