Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बालेन : गरिव प्रति झन झन निर्मम !


  • बिहिबार, फाल्गुन १७ २०८०

  • बालेन : गरिव प्रति झन झन निर्मम !

    काठमाडौं – काठमाडौं महानगर पालिका शहरी स्वरोजार र गरिव प्रति झन कठोर रूपमा प्रस्तुत हुन थालेको छ । बुधवार साँझ सङ्‌कमा ब्यापार गर्न खोज्ने स्वरोजगार व्यवसायी प्रति महानगर निर्मम दमनमा उत्रियो । महानगर प्रहरीले महिलालाई समेत निर्मम ढंगवाट कुटपिट गरेको सामाजिक सञ्जालमा भाइरल भएको भिडियो देख्न सकिन्छ । महानगरमा बालेन्द्र शाह मेयर भए पछि गरिव, सुकुम्बासी र विपन्न प्रति कठोर दमन गर्दै आएका छन । बुधवारको घटनामा दर्जन बढी व्यक्ति गम्भिर घाइते भएका छन । उनीहरुको विर अस्पताल, ट्रमा सेन्टर लगाएतका अस्पतालमा उपचार भइरहेको छ ।

    वालेनले सहरी गरीब र स्वरोजार तथा अन्य व्यवसायिक क्षेत्रमा कठोर दमन गर्दा पनि राजनितिक दलबाट निर्वाचित उपमेयर , वडा अध्यक्ष तथा वडा सदस्यहरु मौन छन । कार्यपालिका बैठकहरुमा समेत उपमेयर र वडा अध्यक्षहरु खासै प्रतिवाद गर्दैनन । गरिव र सड्क ब्यापारमा आश्रित व्यक्तिहरुका सम्पत्ति गैरकानुनी ढंगवाट जफत र गरिव निमुखा माथी निर्मम कुटपिट हुँदा समेत महानगर बोर्डमा कुनै छलफल हुँदैन ।

    पछिल्लो समय सड्क ब्यापारीको पक्षमा अभियन्ता ईः ले अभियान चलाए पनि काठमाडौंबाट निर्वाचित संघिय संसद र प्रदेश सांसद चुइक्क बोल्दैनन । काठमाडौं महानगरले अभियन्त ईः संग सड्क व्यवसायी को उचित ब्यावस्थापन गर्ने भनी गरेको सहमति समेत पालन गरेको छैन ।

    काठमाडौं बाट निर्वाचित संघिय सांसदहरु गगन थापा, प्रदिप पौडेल, शिसिर खनाल, विराजभक्त श्रेष्ठ जस्ता युवाहरु पनि महानगर पालिकाको मानवीय हिंसाको विरुद्ध बोल्दैनन । संघिय संसद र प्रदेश संसद्‌मा काठमाडौं महानगर पालिकाले गरेको ज्यादतिवारे कुनै छलफल हुँदैन ।

    अरु त कुरै छाडौ सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने दावी गर्ने पार्टी माओवादी केन्द्र र उसले नै नेतृत्व गरिरहेको सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल गरिवमाथी यस्तो ज्यादति हुँदा समेत देखेको नदेख्यै गरिरहेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij