काठमाडौं – सहकारी ठगी आरोप लागेका ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जीबी राईलाई छिट्टै पक्राउ गरिने दावी प्रहरीले गरेको छ। एक अर्व पैतिस करोड ठगी गरेर फरार रहेका राई मलेसियामा रहेको प्रहरी उच्च स्रोतले दावी गरेको छ । रेड कर्नर नोटिस जारी हुने वितिकै राई पकाउ पर्ने दावी प्रहरीको छ ।
नोटिस जारी गर्ने प्रक्रिया अघि बढिसकेको र उनी मलेसियामा भएको यकिन गरिसकिएकाले राई पक्राउ पर्न अब धेरै समय नलाग्ने प्रहरीले दावी गरेको छ । पोखरा बुटवल चितवन लगाएतका ठाँउमा सहकारी खोली सर्वसाधरणको निक्षेप हिनामिना गरेर उनी फरार भएका छन ।
यो प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने समेत विवादमा तानिएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
