Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

२४ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबल २६ फागुनदेखि


  • बिहिबार, फाल्गुन १० २०८०

  • २४ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबल २६ फागुनदेखि

    विराटनगर – २४ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता २५ फागुनदेखि आयोजना गरिने भएको छ । प्रतियोगिता ३ चैतसम्म चल्नेछ ।

    प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाईज क्लबसहित थ्रीस्टार क्लब, धरान फुटबल क्लब, एनआरटी, त्रिभुवन आर्मी क्लब, काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जिल्ला फुटबल संघ मोरङ र भारतीय क्लब युके एफसीले भाग लिने धरान फुटबल क्लब अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।

    प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । उत्कृष्ट खेलाडीले नगद १ लाख, प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार पाउनेछ भने सर्वाधिक गोलकर्ताले ३५ हजार नगद पाउनेछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij