Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल ए क्यानडासँग २ विकेट विजयी


  • मंगलबार, फाल्गुन ८ २०८०

  • नेपाल ए क्यानडासँग २ विकेट विजयी

    काठमाडौं – नेपाल “ए” क्यानडा –११ सँगको दोस्रो एक दिवसीय क्रिकेटमा २ विकेटले विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा जितका लागि पाएको २४१ रनको लक्ष्य नेपालले खेल सकिन ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो ।

    नेपाललाई जिताउन कप्तान सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय पारी खेले । ७४ बलमा सन्दीपले ७ चौका र १ छक्काको मद्दतमा ६६ रन बनाए । ए टिमका कप्तान विनोद भण्डारी बिरामी भएकाले जोरा कप्तानी गर्ने अवसर पाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको थियो ।

    यस्तै बसिर ५२ रनमा नट आउट रहे । ओपनर अर्जुन कुमालले ४० रन बनाए भने रसिद खान अर्धशतक प्रहार गर्नबाट ३ रनले चुके ।
    क्यानडाका लागि श्रेयास मोभ्भाले सबैभन्दा धेरै ६८ रन बनाए । नवनित दलिवाल ४६ र आरोन जोनसनले ३६ रन बनाए । साहब आलमले ३ तथा शेर मल्ल र रसिद खानले समान २ विकेट लिए ।
    यो जितसँगै नेपालले ३ खेलको शृंखला १-१ को बराबरी गरेको थियो । पहिलो एक दिवसीयमा नेपाल ४ विकेटले पराजित भएको थियो । शृङ्खलाको तेस्रो तथा अन्तिम खेल बिहीबार खेलिने छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij