ऐजेन्सी – इरानले दुई देशबीचको सीमा नजिकको आफ्नो भूमिमा पाकिस्तानी मिसाइल आक्रमणको निन्दा गरेको छ र पाकिस्तानका लागि आफ्ना राजदूतलाई बोलाएको छ।
मङ्गलबार तेहरानले पाकिस्तानी भूमिमा आक्रमण गरेपछि पाकिस्तानले बिहीबार बिहान इरानको सीमाभित्र मिसाइल आक्रमण गरेको थियो ।
पाकिस्तान र इरानले लामो समयदेखि एकअर्कालाई आफ्नो साझा सीमामा रहेका क्षेत्रहरूबाट आक्रमण गर्ने आतङ्ककारी समूहहरूलाई शरण दिएको आरोप लगाउँदै आएका छन्।
पाकिस्तानको विदेश मन्त्रालयले इरानको सिस्तान-बलुचेस्तान प्रान्तमा “आतंकवादी लुकेका ठाउँहरू” मा आक्रमण गरेको बताएको छ।
यो आक्रमणको उद्देश्य “पाकिस्तानको आफ्नै सुरक्षा र राष्ट्रिय हितको लागी भएको दावी गरिएको छ ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार आक्रमणमा परी तीन महिला, चार पुरुष र दुई बालबालिकाको मृत्यु भएको छ (बिबिसीबाट)
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
