काठमाडौं – क्रिकेट खेलाडी सन्दीप लामिछाने नावालिग बलात्कार मुद्दामा देषी ठहर भएका छन । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई दोषी ठहर गरेको हो ।
उनी कति वर्ष जेल बस्नु पर्छ भन्ने विस्तृत फैसला आउन बाँकी छ । उनको मुद्दाको प्रकृति १० देखी १२ वर्ष कैद बस्नु पर्ने प्रकितिको हो । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा ९३० को देहाय (घ)अन्तर्गतको कसुर गरेको अभियोग उनीमाथि थियो।
सन्दीप नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान हुन भने वर्तमान टोलीका सदस्य हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
