काठमाडौं – सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका सबै ६ जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । समितिको बुधबार बसेको बैठकले न्यायाधीशमा सिफारिस भएकाहरूको नाम अनुमोदन गरेको हो।
न्यायपरिषदले गत मंसिर ५ गते सर्वोच्च अदालतका छ जना न्यायाधीश सिफारिस गरेको थियो। त्यसपछि उनीहरूको संसदीय सुनुवाइ भएको थियो। सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम अनुमोदन गरेको हो । गत शुक्रबारदेखि उनीहरूको सुनुवाइ गरिएको थियो।
अब उनीहरुले राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज सुरु गर्ने छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
