काठमाडौं – ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टरको टहरामा आगलागी भएको छ । मन्त्री क्वार्टर छेउमा रहेको टहरामा आगो लागेको प्रहरीले जनाएको छ । उक्त टहराभित्र कामदार बस्छन्।
आगलागीबाट भएको क्षति एकिन नभए पनि अहिले आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । क्षति विवरण आउन बाँकी छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
