Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थमन विक हत्या प्रकरण: प्रदेश सांसदसहित ७ जनालाई जन्मकैद, सांसद महतोले पाए सफाइ


  • बिहिबार, मंसिर २८ २०८०

  • थमन विक हत्या प्रकरण: प्रदेश सांसदसहित ७ जनालाई जन्मकैद, सांसद महतोले पाए सफाइ

    जनकपुरधाम – महोत्तरीमा ८ वर्षअघि भएको सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा जिल्ला अदालत महोत्तरीले ७ जनालाई जन्मकैदको सजाय सुनाएको छ । यही मुद्दामा होत्तरी १ बाट प्रतिनिधिसभामा निर्वाचित लक्ष्मी महतो कोइरीले भने सफाइ पाएका छन् ।

    मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको थियो । उक्त मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो ।
    बिहीबार जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले अभियुक्तहरु सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएको छ।
    उक्त मुद्दामा परेका मधेश प्रदेशका पूर्वसांसद कौशल यादवसहित १९ आरोपित फरार छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij