Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मन्त्रिपरिषद् बैठकका यस्ता छन् निर्णयहरु


  • बिहिबार, मंसिर ७ २०८०

  • मन्त्रिपरिषद् बैठकका यस्ता छन् निर्णयहरु

    काठमाडौँ – बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिव ६५ करोड) अनुदान स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ ।

    सुन तस्करी जाँच बुझ गर्न गठन भएको आयोगमा थप चार जना कर्मचारी थप्ने प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । जसमा राजपत्रांकित द्धितीय श्रेणीको कर्मचारी, सरकारी वकिल, राजपत्रांकित द्धितीय श्रेणीको उपसचिव (राजश्व), प्रहरी नायव उपरीक्षक र राजपत्रांकित तृतीय श्रेणीको डाटा एनाइलाइटिस्ट थप हुने भएका छन् ।

    मन्त्रिपरिषद्ले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे र उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij