काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो मौनता आज सम्म मात्रै भएको बताएका छन । नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको आदेशले उपप्रधान तथा गृह मन्त्री सहित सांसद पद गुमाएका लामिछानेले गैर सांसदकै हैसियतमा पुन:गृह मन्त्री बनाउँन दवाव दिँदै आएका छन । उनले आफु अभिमन्यु नभएको भन्दै भनेका छन –
‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
